३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

समाचार लेखेकाेमा पत्रकार चौहानकी १८ वर्षीय छोरी अपहरण

२० चैत, रूपन्देही । रुपन्देहीमा समाचार लेखेकाे भन्दै स्थानीय पत्रकारकी छाेरी गाेरू तस्करहरूले अपहरण गरेका छन् । अपहरणमा परेकी पत्रकारकी छाेरी १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा भेटिएकी छिन् । गोरु तस्करको समाचार लेखेको रिसमा तस्करहरूले पत्रकारकी छाेरीकाे अपहरण गरेका हुन् ।

लुम्बिनी क्षेत्रबाट पत्रकारिता गर्दै आएका पत्रकार विन्दु चौहानकी हिँड्न र बोल्न नसक्ने सुस्त मनस्थितिकी १८ वर्षीय छोरी ममता चौहान बुधबार बिहान नेपाल भारत सिमानमा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–११ को गहुँबारीमा भेटिएकी हुन्।

पत्रकार चौहानले लुम्बिनी क्षेत्रमा रहेर निरन्तर नेपालबाट भारततर्फ हुने गोरु तस्करीको समाचार लेख्दै आएका छन् । सोही कारण तस्करहरुले पटक–पटक पत्रकार चौहानलाई धम्की दिँदै आएका थिए । चौहानलाई मानसिक रुपले तर्साउन अपाङ्ग छोरीलाई अपहरण गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : 14:51