३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

गाउँपालिकाका अध्यक्षमाथि कुटपिटकाे प्रयास गर्ने ४ जना पक्राउ

२० चैत, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।मंगलबार रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किँने क्रममा आफुमाथि ५६ जनाको समूहले आक्रमणको प्रयास गरेको अध्यक्ष चन्दले बताएका छन् ।

बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशित मिति : 11:19