३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

सहकारी बजार विकास कार्यक्रमको उद्घाटन

१९ चैत, काठमाडाैँ । यसैबीच त्यस अवसरमा सहकारी बजार बिकास कार्यक्रमको उद्घाटन गरिएको छ । किसानले उत्पादन गरेको उत्पादित वस्तुले बजार नपाउने र किसानले अत्यन्तै कम मूल्यमा बिक्री गरेको वस्तु उपभोक्ताबीचमा गइपुग्दान अत्यन्तै महङ्गो पर्ने समस्यालाई समाधान गर्नका निम्ती सरकारले सहकारी बजार विकास कार्यक्रमको थालनी गरेको हो । ६२ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी बजार विकास कार्यक्रम सार्वजनिक गरेको हो ।

मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको समुद्घाटन गर्नुभएको हो । कार्यक्रमका बारेमा तयार पारिएको भिडियो रिपोर्टको स्विच अन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । किसानहरुले आफूले उत्पादन गरेको तरकारी, फलफूलको बजार नपाएको गुनासो गर्दै आएका छन् ।

बजार नपाउँदा किसानहरुले तरकारी सडकमा फालेको, तरकारी बारीमा डोजर लगाएकोजस्ता अप्रिय समाचारसमेत सार्वजनिक हुँदै आएका छन् । किसानले उत्पादन गरेका तरकारी र फलफूलले मूल्य पाउन नसकेपछि मन्त्रालयले किसानको उत्पादनको बजार व्यवस्थापन गर्न लागेको हो।

प्रकाशित मिति : 22:37