३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

बारा र पर्सामा हावाहुरीले भत्काएको घर केन्द्र सरकारले बनाइदिने

१९ फागुन, काठमाडौँ । बारा र पर्सामा हावाहुरीले भत्काएको घर केन्द्र सरकारले बनाइदिने भएकाे छ । मंगरबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुरी प्रभावित गाउँहरुमा पुगेर पीडितहरुको घर सरकारले बनाइदिने घोषणा गरेका हुन् । अध्यक्ष प्रचण्डले सरकारले सबै क्षतविक्षत भएका घरहरु बनाइदिने निर्णय गरेकाे बताएका हुन् ।

अध्यक्ष प्रचण्डले पीडितहरुलाई सम्बोधन गर्दै नेकपाको तर्फबाट मृतकको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे । अध्यक्ष प्रचण्डले घाइतेको उपचार खर्च व्यहोर्ने र बालीनालीको क्षतिमा पनि सरकारले सहयोग गर्ने बताए ।

प्रकाशित मिति : 18:21