नेकपाका अध्यक्ष प्रचण्डद्धारा हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई ५ लाख दिने घाेषणा
१९ चैत, बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । बाराको फेटा गाउँपालिका ६ बरैनियाँमा मंगलबार पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।
प्रकाशित मिति : 15:34







