आज पनि देशका पहाडी भूभागमा हावाहुरीको सम्भावनाः मौसम पूर्वानुमान महाशाखा
१९ चैत, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशको विभिन्न पहाडी भू–भागमा मेघ गर्जका साथै हावाहुरीको सम्भावना रहेको जनाएको छ । अपरान्ह पश्चात देशको पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना रहेको जनाएको हो ।
त्यस्तै दिउँसो देशको पुर्वीलगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागहरुमा आंशिक बदलि रहने जनाएको छ । राति भने देशको पुर्वी भू–भाग लगायात मध्य पहाडी भु–भागमा आंशिक बदली रहनेछ बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ भने देशको पुर्वी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।

चैत्र २० गते बुधबार दिउँसोः देशको पुर्वी भु–भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू–भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिएको महाशाखाको भनाई छ।
बुधबार रातिदेखि देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशको पुर्वी भु–भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू–भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।
राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मिति : 12:21







