३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

राहत बाेकेर नेकपा अध्यक्ष प्रचण्ड बारा र पर्साको हावाहुरीपीडित क्षेत्र जाँदै

१९ चैत, काठमाडौँ। नेकपा अध्यक्ष प्रचण्ड बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रकाे निरीक्षणमा निस्किने भएका छन् । अध्यक्ष प्रचण्ड मंगलबार हावाहुरीले प्रभावित बारा र पर्साको अवस्थाको अवलोकनका लागि त्यसतर्फ जान लागेका हुन् ।

प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे बारा र पर्सा पुगेर जानकारी लिने, पीडित परिवारसँग भेटघाट गर्नुका साथै राहतसमेत वितरण गर्ने योजना बनाएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । ओलीले अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

बारा र पर्सामा आइतबार आएको हावाहुरीले ठूलो जन–धनको क्षति पुगेको छ । गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार, हालसम्म २७ जनाको ज्यान गइसकेको छ । कैयन घाइतेको विभिन्न अस्पतालमा अहिले उपचार भइरहेको छ ।

प्रकाशित मिति : 08:29