३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मोटरसाइकल चोरी गर्ने पत्रकार र एमबीबीएसका विद्यार्थीसहित ५ जना पक्राउ

१८ चैत, विराटनगर । मोटरसाइकल चोरी गरेको आरोपमा एमबीबीएस गरिरहेका विद्यार्थी र पत्रकारसहित पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नोबेल मेडिकल कलेज विराटनगरमा एमबीबीएस रिरहेका विद्यार्थी विजयकुमार यादव र माउण्टेन टेलिभिजन विराटनगरमा क्यामेरा मेनको रुपमा काम गरिरहेका मनोजकुमार चौधरीसहित अन्य ५ जना रहेका छन् ।

चोरीका पाँचवटा मोटरसाइकलसहित पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१४ का २७ वर्षीय अनुज यादव, २२ वर्षीय सोनेलाल महत्तो र सिरहाको सिरहा नगरपालिका- २२ का २० वर्षीय सुनिल यादव छन् ।

नोबेल मेडिकल कलेजमा भएको चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका विजय र मनोजको साथबाट तीनवटा मोटरसाइकल बरामत भएको छ भने विराटनगरका अनुज र सोनेलाललाई एक/एक र सिरहाका सुनिललाई एउटा मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको हो ।

नोबेल मेडिकल कलेजबाट अस्पतालमा आउने सेवाग्राहीको मोटराइकल चोरी भएकाे सूचना पाएपछि निगरानी बढाएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जनाएका छन् ।

नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका सिरहाको लहान -९ घर भएका बिजयकुमारले डेरालाई नै चोरीका मोटरसाइकल लुकाउने केन्द्र बनाएका थिए । प्रहरीले उनको डेराबाट २ वटा मोटरसाइकल र अन्य सामान बरामत गरेको थियो ।

यादवको डेराबाट स५प ३३३९ नम्बरको मोटरसाइकल र नम्बर प्लेट नभएको रातो रङको मोटरसाइकल, मोटरसाइकल नम्बर प्लेटलगायत अन्य पाटपूर्जाहरु बरामत भएपछि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : 20:04