७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

बाराका हावाहुरी पीडितलाई काँग्रेस उपसभापति निधिद्वारा १० लाख राहतको घोषणा

१८ चैत, काठमाडौँं । नेपाली काँग्रेस प्रदेश नम्बर २ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ । काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले हावाहुरीका कारण घर भत्केर खानबाट वञ्चित भइरहेकाहरुलाई राहत तथा खाना बस्नका लागी शिविर सञ्चालनका लागि नेपाली काँग्रेस प्रदेश २ ले १० लाख रुपैयाँ दिने बताए ।

बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट गएराती सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।

प्रहरी प्रमुख एसपी सानुराम भट्टराईका अनुसार हावाहुरीबाट बारामा १२ जना पुरुष, ८ महिला, ६ बालबालिका सहित २६ जना र पर्सामा एकजना गरी हालसम्म २७ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी घटनामा ४ सय भन्दा बढी घाइते भएका छन् । कलैयास्थित जिल्ला अस्पतालमा हालसम्म तीन सय ११ जनाको उपचार भएको थियो । अस्पतालका अनुसार जसमध्ये १८ जनाको मृत्युु भइसकेको छ भने ७ जना गम्भीर बिरामीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : 18:15