राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने २ जना पक्राउ
१८ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने पाल्ला दुईजना पक्राउ परेका छन् । पक्राउपर्नेमा पाल्ला गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले निर्मल भक्तपुरको नयाँ ठिमीबाट र यमप्रसाद चितवनबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ । ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।
प्रकाशित मिति : 17:28









