३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बारमा हुरीका कारण गम्भीर घाइते भएका ६ जनालाई हेलिकप्टर मार्फत काठमाडाैँ ल्याइयो

१८ चैत, काठमाडाैँ । बारमा हुरीका कारण गम्भीर घाइते भएका ६ जनालाई हेलिकप्टर मार्फत काठमाडाैँ ल्याइएको छ । सोमबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत गम्भीर घाइतेलाई काठमाडाैँ ल्याइएको हो । काठमाडाैँ ल्याइएका घाइतेहरूलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

नेपाली सेनाको जहाज स्काइ ट्रकबाट उनीहरूलाई काठमाडौं ल्याइएको सैनिक प्रवक्ता यमप्रसाद ढकालले बताएका छन । काठमाडाैँ ल्याइएका घाइतेमा दुई बालक र चार जना वयस्क रहेकाछन ।

प्रकाशित मिति : 11:13