प्रधानमन्त्री लिन चारमन्त्री सुरक्षाप्रमुख लिएर सेनाको हेलिकप्टरमा झापा जाँदै
१८ चैत, काठमाडाैँ । प्रधानमन्त्री लिन चारमन्त्रीहसित सुरक्षा निकायका प्रमुखहरू नेपाली सेनाको हेलिकप्टर लिएर झापा जाँदैछन । झापाबाट प्रधानमन्त्रीसहितको टोली बाराको हुरी पीडित क्षेत्रको निरीक्षणमा जानेछ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित चार मन्त्रीको टोली र सुरक्षा प्रमुखहरूको टोली काठमाडाैँबाट झापा हुँदै बारा जान लागेको हो ।

सोमबार दिउँसो गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहम्द इस्तियाक राई र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ हावाहुरी प्रभावित बारा र पर्सा जाने तय भएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराइले बताएका छन । हुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै झण्डै ६सय बढी मानिस घाइते भएका छन ।
प्रकाशित मिति : 11:04









