७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका कार्यक्रम स्थगित गरी हेलिकप्टरबाट बारा जाँदै

१८ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका कार्यक्रम स्थगित गरेर बारा जाने भएका छन । अाज गृह जिल्ला झापामा विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडाैँ फर्कने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री अोली अहिले झापाको चन्द्रगढीबाट बारा जाँदैछन । हुरीले बाराको ठूलो मानवीय क्षति पुर्याएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेको प्रेस संयोजक चेतन अधिकारीले बताएका छन ।

अोलीको अाज बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम थियो । त्यसपछि प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्नुहुने कार्यक्रम रहेको थियो भने । ओलीले दिउसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो । तर यी सबै कार्यक्रम छाडेर अोली बारा हिड्दैछन ।

प्रकाशित मिति : 09:43