अखिल क्रान्तिकारीका उपाध्यक्षको नेतृत्वमा मध्यरातमा बारा पुगेको टोली रगत संकलन र उद्धारमा
१८ चैत, काठमाडाैँ । बारामा हुरीका कारण धेरै मानिस पीडित भएको खबर सुने लगत्तै काठमाडाैँबट मध्यरातामा बारा पुगेका अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन लगायत रगत संकलन र उद्धारमा जुटेका छन । पुनको नेतृत्वमा प्रदेश नम्बर २ का सचिव सुर्य नारायण शाह, प्रदेश सहसंयोजक प्रभाकर गुप्ता लगाएत सबै केन्द्रीय सदस्य तथा जिल्ला समितिका पदाधिकारी र सदस्यहरू रगत संकलन र उद्धारको काममा जुटेका छन ।

सामाजिक सञ्जाल फेसबुकमा पर्साबाट रक्तदानको तस्बीर पोष्ट गर्दै उपराष्ट्रपति पुत्र समेत रहेका उपाध्यक्ष पुनले बिहान बृहत् रक्तदान कार्यक्रम शुरु गरेर उद्वार राहत संकल /वितरण तथा स्वास्थ्य शिविर अभियान शुरु गरिएको जानकारी दिएका छन । उनले आज दिनभरी रक्तदान कार्यक्रम गर्ने र क्षतिभएको स्थलमा उद्वार कार्यमा दिनभरी रहने जनाएका छन । उपाध्यक्ष पुनले भोलीद्खि राहत संकलन वितरण र स्वास्थ शिविर संचालन गर्न इच्छुक मनहरुलाई सहयोगको अपिल समेत गरेका छन ।

पुनले फेसबुकमा यस्लो लेखेका छन
हाडमा जाडो बढे तराईले सेक्नुपर्छ ।
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।।
होइन भने देशभक्ति छैन हाम्रो छातिभित्र,
माटोलाई चोट लाग्दा मुटुहरू रूनुपर्छ ।
हिजो राती ख़बर पाउँदासाथ मध्यरातको यात्रासंगै बारा पर्सा आईपुगेर मेरो नेतृत्वमा प्रदेश सचिव सुर्य नारायण शाह ,प्रदेश सहसंयोजक प्रभाकर गुप्ता लगाएत सबै केन्द्रीय सदस्य तथा जिल्ला समितिका साथीहरु सहित अखिल(क्रान्तिकारी)२ नं प्रदेशले आज बिहान बृहत् रक्तदान कार्यक्रम शुरु गरेर उद्वार राहत संकल /वितरण तथा स्वास्थ्य शिविर अभियान शुरु गरिएको छ।सबै साथीहरु आआफ्नो ठाउँबाट उठौ जागौं लागौं।
नोट
-आज:रक्तदान दिनभरी जारी /क्षतिभएको स्थलमा उद्वार कार्यमा दिनभरी रहने।
-भोलीद्खि राहत संकलन वितरण र स्वास्थ शिविर संचालन इच्छुक मनहरुलाई सहयोगको अपिल गर्दछौं।
प्रकाशित मिति : April 1, 2019 at 9:27 am









