३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

वैदेशिक रोजगार व्यवसायी पारस पुरीको छातीमा गोली हानी हत्या

१८ चैत, काठमाडाैँ । कपिलवस्तुको कृष्णनगरमा वैदेशिक रोजगार व्यवसायी पारस पुरीको गोली प्रहार गरी हत्या भएको छ । आइतबार राति खाना खाएर घरमै बसिरहेका पुरीमाथि राति ९ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय पारस पुरी कृष्णनगर नगरपालिका वडा नम्बर १० का रहेको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले दैनिकीलाइ जानकारी दिए । घरमा बसिरहेको अवस्थामा मोटरसाइलमा आएका दुई जनाले गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन ।

व्यक्तित रिसिबिइ वा लेनदेनकै कारण पुरीमाथि गोली प्रहार भएको अनुमान गरिएको छ । गोली प्रहारबाट घाइते पुरीको छातीमा दुई गोली लागेको प्रहरीले जनाएको छ । कपिलवस्तुकै शिवराज अस्पतालबाट रिफर गरिएपछि उनलाइ थप उपचारका लागि वुटवलको प्रादेशिक अस्पताल लगिएकोमा उनको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 08:39