३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बारामा हुरीको प्रकोपः कम्तिमा २५ जनाको मृत्यु, सयाैँ घाइते, उद्धारकार्य जारी

१७ चैत, काठमाडाैँ । आइतबार साँझ हावाहुरीसहित परेको पानीले प्रदेश नम्बर २ काे बारा जिल्लामा ठूलो मानवीय क्षति भएको छ । बारामा आज साँझको भीषण हावाहुरीबाट कम्तिमा २५ भन्दा बढीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीका अनुसार अहिलेसम्म २५ जनाको शव नै फेला परेको छ। प्रहरीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको उनले बताए।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। ‘बारामा ठूलो प्राकृतिक विपत्ति आइपरेको छ। हामी अहिले पनि उद्दारमा छौं’, उनले भने। हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको छ । घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : 22:59