प्रेस चाैतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याललाई पितृ शोक, पिता चम्फबहादुर अर्यालको निधन
१४ चैत, काठमाडाैँ । प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याललाई पितृ शोक परेको छ । अर्यालका पिता चम्फबहादुर अर्यालको ७३ वर्षको उमेरमा आज बिहान निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत अर्यालको बिहीबार बिहान निधन भएको परिवारले जनाएको छ ।

मालिका गाउँपालिका गुल्मी स्थायी घर भएका अर्याल फोक्सोको क्यान्सरबाट पीडित थिए । अर्यालको अाजै बिहान ९ बजेपछि पशुपति अार्यघाट अन्त्येष्टि गरिने जनाइएको छ । स्वर्गीय अर्यालका श्रीमति, चार छोरा र एक छोरी छिन ।
प्रकाशित मिति : 09:00









