गृह मन्त्रालयको निर्देशन लत्याउँदै अधिकृत सुमनकुमार कार्कीले परिक्षाकोठामा प्रहरी लगे
१३ चैत, रौतहट । गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमनकुमार कार्कीले चलिरहेको एसईई परिक्षामा प्रहरी निषेध परिक्षाहल बनाउन गृह मन्त्रालयले जारी गरेको निर्देशनलाई बेवास्ता गरि आफुखुशि कार्य गरेको पाईएको छ ।

परिक्षाकोठा भित्र चेकजाँचको बहानामा हुने प्रहरी परिचालनले विद्यार्थीहरुमा मानसिक बिचलन हुने र परिक्षामा राम्रो गर्न नसक्ने भन्दै गृह मन्त्रालय तथा शिक्षा विभागले जारि गरेको निर्देशनलाई लत्याउँदै प्रशासकिय अधिकृत कार्कीले आफुखुशि नगर प्रहरी परिचालन गरेको पाईएको छ । बुधबार भएको अनिवार्य गणित विषयको परिक्षामा गौर नगरक्षेत्र भित्र रहेका विभिन्न परिक्षा केन्द्रमा तामझाम सहित नगर प्रहरीको साथमा पुगेका कार्कीले मन्त्रालयको निर्देशन विपरित कार्य गरेको पाईएको हो ।

परिक्षा सुरुहुन पुर्व गेटमै विद्यार्थीहरुको पुरा शरिर चेक गरेर छिर्न लगार्ईएतापनि कार्कीले परिक्षाहल भित्र पुनः नगर प्रहरी परिचालन गरि खानतलाशि गर्न लगाएका छन् । यसरी खानतलाशि गर्दा एउटा परिक्षा केन्द्रमा विद्यार्थीहरुको आधा घण्टा समय खेर गएको परिक्षामा सहभागि विधार्थीहरुले बताएका छन् ।

स्थानिय सरकार संचालन ऐन २०७४ मा समेत यस्ता कार्य गर्ने कुनै व्यवस्था नभएको तथा मन्त्रालयले जारि गरेको निर्देशनलाई समेत लत्याएका प्रशासकिय अधिकृत कार्कीलाई तत्काल कार्वाही गर्न अभिभावकहरुले माग गरेका छन् । पढाई हुने समयमा कक्षाकोठा कहिल्यै अनुगमन गर्न नपुगेका प्रशासकिय अधिकृत कार्कीले भने नगर प्रहरी स्थानीय सरकारको प्रहरी भएकाले प्रमुख जिल्ला अधिकारी संग स्वीकृति लिएर गएको बताएका छन् ।

परिक्षालाई मर्या्दित बनाउनका लागि महिला नगर प्रहरी लैजान भनेको तर त्यसरी एकैचोटी परिक्षा केन्द्रमा गएर मनोमानि गर्न स्विकृती नदिएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन् ।
प्रकाशित मिति : 20:28









