३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने पाँच जना पक्राउ

१३ चैत, कञ्चनपुर ।  बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो ।

“गएराति १० बजे प्रहरीचौकी नजिकैको चोकमा जम्मा भएका पाँचै जनाले हो हल्ला गर्न थालेपछि प्रहरीले सम्झाइ घरपठाउन खोजेपछि प्रहरी चौकीमै पुगेर ढुङ्गामुढा गरी प्रहरी माथिनै हातपात गरेपछि पक्राउ गरिएको छ” इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो ।

चौकीको ढोकासमेत तोडफोड भएको उहाँले बताउनुभयो । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ । पक्राउ परेकामाथि सार्वजनिक शान्तिसुरक्षा विरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । ढुङ्गामुढा गर्नेको समूहबाट प्रहरीले एक भारतीय नम्बर प्लेटको र एक नेपाली नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रकाशित मिति : 17:41