३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रेमीसँगकाे सम्बन्ध बचाउन भ्यालेन्टाइन्स डेमा एक महिलाले श्रीमानलाई ८ टुक्रा पारेर घरमा गाडिन्

१३ चैत, दिल्ली । भारतकाे दिल्लीमा भ्यालेन्टाइन्स डेको दिन एक महिलाले श्रीमानलाई ड्रिङ्कमा विष हालेर हत्या गरेसँगै लासलाई काटेर आठ टुक्रा पारेकी थिइन्।  ३८ वर्षकी श्रीमतीले ६३ वर्षका श्रीमानकाे हत्या गरेकी हुन् । उनले  काटिएको टाउको र खुट्टालाई घर नजिकैको नालीमा फ्याँकिन् र अरुलाई घरभित्रै खाल्डो खनेर गाडेकि थिइन् ।  भ्यालेन्टाइन्स डेको दिन भएको यो घटनाबारे हालै खुलासा भएको हाे।

भारतीय मिडिया आजतकका अनुसार उत्तर पश्चिमी दिल्लीमा सुनिताले आफ्ना श्रीमानलाई भ्यालेन्टाइन्स डेको दिन हत्या गरेकी थिइन् । दुबैको विवाह सन् २००६ मा भएको थियो । जब सुनिताको उमेर २५ को थियो राजेश ५० वर्षका थिए । विवाहको एक वर्षभित्रै उनीहरुको छोराको जन्म भयो ।

सुनिताको छिमेकी केटोसँग दोस्ती भयो । राजेशले एक पटक आफ्नी श्रीमतीलाई ती केटोसँग संदिग्ध अवस्थामा भेटेका थिए ।  उनले दिन–रात अपराधकाम सिरियल्स हेरिन् र श्रीमानबाट छुटकारा पाउने उपाय खोजिन् । त्यस पस्चात उनले भ्यालेनटाइन डेकाे दिन अाफ्नाे श्रीमानकाे हत्या गरी अाठ टुक्रा पारेर अाधा भाग जमिनमा गाडिन र टाउकाे नालीमन फालिदिइन् । उक्त घटनाकाे दुई दिन पछि पुलिसमा रिपाेट लेखाउन गइन् ।

जब घरबेटीले लास देखे अनि सुनिताले श्रीमानसँगको आफ्नो सम्बन्ध एक वर्षदेखि बिग्रिएको र सम्बन्धविच्छेदको स्थितीमा पुगिसकेको जानकारी दिइन् । साथीलाई देखेर उनका श्रीमान् थप रिसाएको पनि सुनिताले पुलिसलाई बताइन् । त्यसपछि आफूले श्रीमानको हत्याको योजना बनाएको उनले पुलिसलाई जानकारी दिइन् ।

प्रकाशित मिति : 12:40