७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

सिके राउतले राष्ट्र विखण्डनकै गीत गाएको रावलको दाबी, राष्ट्रिय गान गाएको प्रमाण दिन चुनाैति

१२ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता भीम रावलले सिके राउतले पार्टीको बैठकमा राष्ट्र विखण्डनकै गीत गाएको दाबी गरेका छन । सोमबार राति एपीवान टेलिभिजनका टिकाराम यात्रीसँगको अन्तर्वार्तामा नेता रावलले सिकेको पार्टीको बैठकको सुरूवात राष्ट्र विखण्डन गर्ने गीतबाट सुरू भएको बताए ।

उनले सिकेको बैठकमा राष्ट्रिय गान गाएको भन्ने प्रमाण दिन चुनौति दिए । आफू गृह मन्त्रालयको सफल नेतृत्व गरिसेको व्यक्ति भएको बताउँदै नेता रावलले सिके र उनका गतिबिधि झनै शंकास्पद हुँदै गएको बताए । सिकेको बैठकमा गाइएको बिखण्डनको गीतको भिडियो नै आफूले प्राप्त गरेको भन्दै नेता रावलले सिकेको बैठकमा गाइएको भनिएको राष्ट्रिय गानको भिडियो सार्वजनिक गर्न चुनौति दिए ।

तथ्यमा आधारित भएर तर्क गर्ने नेता रावलको यस दाबीले सरकार र सिके बीचको सम्बन्धमा अनेकौँ प्रश्न चिन्हहरू देखिएका छन । सिकेको बैठक राष्ट्रिय गानबाट सुरू गरिएको भन्दै गोयबल्स शैलीमा मिडिया र सामाजिक सञ्जालमा प्रचार गरिएको थियो । रावलले पछिल्लो समय सरकारको गलत कामको खबरदारी गर्दे अाएका छन ।

रावलको अन्तर्वार्ता तल हेर्न र सुन्न सक्नुहुन्छ । 

प्रकाशित मिति : 07:59