३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बाग्लुङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस मध्यरातमा त्रिशुलीमा खस्यो

११ चैत, काठमाडाैँ । बाग्लुङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस मध्यरातमा त्रिशुलीमा नदीमा खसेको छ। सोमबार राति बाग्लुङबाट काठमाडाैँबाट अाउँदै गरेको बस त्रिशुलीमा खसेको हो ।  मुग्लिनबाट कुरिनटारतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ ख ३६८२ नम्बरको बस त्रिशुली नदीमा खसे पनि मानवीय क्षति भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार तीन जना सवार बस चितवनको इच्छाकामना–५ घोप्टेभिरबाट नदीमा खसेको हो । बसमा चालक, सहचालक र अर्को बसको चालक रहेकामा  सहचालकको अवस्था गम्भीर रहेको छ । दुबै जना चालक भने सकुशल रहेका छन ।

प्रकाशित मिति : 00:06