११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

नायक  प्रदीप खड्काले  ४५ जना अनाथ बालबालिकालाई नीजि विद्यालयमा पढाउने

११ चैत, काठमाडौं  ।  नायक  प्रदीप खड्का र गोविन्द शाहीले  ४५ जना अनाथ बालबालिकालाई नीजि विद्यालयमा पढाउने भएका छन् ।उनीहरुले काठमाडौंको गोकर्णस्थित संयुक्त एकता अपाङ आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकाको बिद्यालय भर्नासहित तीन महिनाको शुल्क एकमुष्ट अपाङ्ग आवाज केन्द्रमा पुगेर प्रदान गरेका हुन् ।

लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले विगतमा पनि अनाथ बालबालिकालाई सहयोग गरेको बताउँदै लभ स्टेशनका तर्फबाट सामाजिक उत्तरदायित्व स्वरुप ४५ जना विधार्थीको तीन महिनाको पढाई खर्च ब्यहोरेको बताए । करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई यसअघि आफुहरुले एक लाख रुपैयाँ लभ स्टेशनका तर्फबाट प्रदान गरेको शाहीले जानकारी गराए ।

 

प्रकाशित मिति : March 25, 2019 at 5:33 pm