नख्खु विष्फोटका ४ हतियारधारी समातिए, दुई फरार
११ चैत, काठमाडौं । नख्खु विष्फोटमा प्रत्यक्ष संलग्न रहेका ४ हतियारधारी पक्राउ परेका छन्र भने दुई जना अझै फरार छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका ४ जना रहेका छन् । एनसेल मुख्यालयमा विष्फोट हुनुअघि तीन वटा मोटरसाइकमा गएका ६ जना मध्ये ४ जना पक्राउ परेको प्रहरीले जनाएकाे छ ।

फरार रहेका दुई जनाको पनि प्रहरीले पहिचान गरिसकेको छ । ‘उनीहरुको खोजीमा विशेष ब्युरोदेखि अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयहरुका टोलीसम्म खटिएको छ । एक्कासि झोला छाडेर भागेको देखेका सुरक्षागार्डले बम राखिएको झोला बाहिर मिल्क्याएका थिए । तर, त्यसको केहीबेरमा एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी विष्फोट भएको थियो ।
प्रकाशित मिति : 16:18









