पत्रकारलाई जुत्ताले हान्ने, मेयरलाई पागल भन्ने मन्त्रीले शिक्षकलाई दलित भनेर दुर्व्यवहार गरे
११ चैत, जनकपुरधाम । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पत्रकारलाई जुत्ताले हिर्काएर त कहिले मेयरलाई पागल भनेर विवादित बन्दै आएका छन् । यस पटक उनले एक शिक्षकलार्इ दलित भनेर दुर्व्यबहार हरेकाे कुरा सार्वजनिक भएकाे छ ।

आइतबारदेखि सुरु भएको एसइई परीक्षा अनुगमन गर्न हिँडेका मन्त्री साहले एक शिक्षकलाई दलित भनेर हेला गरेपछि विवादमा मुछिएका हुन्। मन्त्री साह जनकपुरधाम–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा परीक्षा अनुगमन गर्न पुगेका थिए। सोही क्रममा निरीक्षकका रुपमा खटिएका विद्यालयका शिक्षक बेचन रामलाई मन्त्री साहले दलित भन्दै दुव्र्यहार गरेको आरोप लागेको छ।
परीक्षा अनुगमनका क्रममा शिक्षक रामलाई मन्त्री साहले ‘तपाईंले परिचयपत्रमा फोटो किन नराखेको ?’ प्रश्न गरेका थिए। शिक्षक रामले फोटोसहितको सरकारी प्यानकार्ड देखाउँदै ‘परीक्षाको परिचयपत्रमा फोटो नभए पनि मेरो सरकारी प्यानकार्ड यहाँ छ’ भनेका थिए। तर मन्त्रीले चमारहरुको संस्कार नै हुँदैन’ भनेर आफूलाई दुव्र्यवहार गरेको शिक्षक रामले बताएका छन्।
परीक्षा सुरु भएको करिब एक घन्टापछि परीक्षा केन्द्रमा पुगेका मन्त्री साहले त्यहाँ खटिएका कतिपय महिला तथा पुरुष शिक्षकहरुलाई जागिर खाइदिने देखि निलम्बन गरिदिनेसम्मका धम्की दिएको केन्द्राध्यक्ष सत्यनारायण मण्डलले आरोप लगाएका छन्।
प्रकाशित मिति : 13:53









