दाजुले सलाई कोर्दा आगलागी भएर बहिनीको मृत्यु
११ चैत, काठमाडौं । दाङको राप्ती गाउँपालिका–१ वगाह बस्ने हिमाल राना मगरको तिन वर्षीय छोरा अमित रानाले खेल्ने क्रममा सलाई कोर्दा आगलागी भएर एक महिने बहिने बहिनी संगिता रानाको मृत्यु भएकाे छ । बच्चाहरु खेलिरहेको बेला सलाई चलाउँदा आगो सल्किएपछि गम्भीर घाईते भएकी संगीताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

घरमा अन्य क्षति भने भएको छैन । संगीताको शवलाई अस्पतालमै राखिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार हिमालका अन्दाजी ३ बर्षीय छोरा अमित रानाले उनकी बहिनी संगिताको नजिकै सलाई कोरेर खेलिरहेका थिए ।
प्रकाशित मिति : 12:01









