७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारत प्रस्थान

१० चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं  पूर्व प्रधानमन्त्री झलनाथ खनाल आइतबार भारत प्रस्थान गरेका छन । भारतको केरलामामा शान्ति गिरी आश्रमले  आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका खनाल सोही कार्यकममा सहभागी हुन भारत प्रस्थान गरेका हुन ।

हरेक वर्ष विश्वका पूर्व सरकार प्रमुखहरूको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विश्वमा भातृत्व र भाइचाराको विकास र शान्तिको स्थापनाका लागि हुने गरेको छ । कार्यक्रममा शान्ति दूतहरूको सम्मान गरिने तयारी समेत रहेको जानकारी आयोजकले दिएको पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिए ।

भारत भ्रमणका क्रमम पूर्वप्रधानमन्त्री खनालले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्नेछन । त्यसपछि उनी आइक्यापको सम्मेलनमा भाग लिन त्यहीबाट श्रीलंगा जाने र एक सातामा फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 23:04