१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

धितोपत्र बोर्डको कार्यालयमा शेयर लगानीकर्ताको ताला, नेप्सेमा समेत ताला लगाउने चेतावनी

१० चैत, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डको कार्यालयमा शेयर लगानीकर्ताले ताला लगाएका छन । विभिन्न माग राखेर शेयर लगानीकर्ताले  बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेका हुन । उनीहरूले बोर्ड समक्ष ३२ बुँदे माग पेश गरेका छन ।

लगानीकर्ताका तर्फबाट अघि सारिएको मागमा बोर्डले वेवास्ता गरेकाले तालाबन्दी गरेको दबाब समूहका सदस्य हरि ढकालले जानकारी दिए । उनले माग पूरा नभए नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समेत तालाबन्दी गर्ने चेतावनी दिए । बोर्डले भने पुँजिबजारको सुधार र विस्तारको लागि दवाव समूहले राखेका ३२ बुँदे माग मध्ये महत्वपूर्ण १९ वटा माग भने पूरा भैसकेको बताएको छ ।

सरकारले पुँजीबजारलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गर्नुपर्ने, दोहोरो कर हटाउनुपर्ने पुँजीबजार प्रत्यक्ष वैदेशिक लगानी भित्राउन नपाइनेलगायतका माग शेयर लगानीकर्ताले राख्दै अाएका छन ।

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार १३:४६