३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्पलबाट डिस्चार्ज, केहीदिन आराम गर्न चिकित्सकको सुझाव

८ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन । शनिबार अबेर ललितपुरस्थित पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचाररत रहेका शिक्षामन्त्री पोखरेले अस्पतालबाट घर फर्किएका हुन । अझै केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएको मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानेले दैनिकीलाइ जानकारी दिए । फुड पोइजनको समस्याले सास्ती दिएपछि मन्त्री पोखरेल बिहीबार पाटन अस्पतालमा भर्ना भएका  थिए ।

निजी सचिव न्यौपानेका अनुसार शिक्षामन्त्री पोखरेलको उपचारमा प्रतिष्ठानका रजिष्ट्रार प्रा डा पारसकुमार अाचार्यको समूह संलग्न रहेको थियो । न्याैपानेले उपचारमा संलग्न र स्वास्थ्यलाभको कामना गर्ने सबैमा सचिवालयको तर्फबाट धन्यवाद दिएका छन । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तै उपचारका लागि सरकारी अस्पताल रोजेको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रशंशा समेत गरेका छन ।

प्रकाशित मिति : 21:25