३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

दाङमा चिर्पटले मान्छे  कुटेर जनप्रतिनिधि फरार

९ चैत, दाङ । दाङमा जनप्रतिनिधिले २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले कुटेर फरार भएका छन् ।  दाङको घोराही उपमहानगरपालिका वडा नं १९ का वडा सदस्य जंगबहादुर रोकाले वडा नं १८ निवासी २८ बर्षीय सुनारलाई  चिर्पटले कुटेर फरार भएका हुन् ।

बिहीवार बेलुका ९ बजेतिर वडा सदस्य रोका, उनका भाइ इन्द्रबहादुर रोका,संजय विश्वकर्मा र सुरेश मगरले सुनारलाई हात खुट्टा तथा चिर्पटले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न रहेका मध्य रोका र विश्वकर्मालाई पक्राउ गरेको तथा अन्यको खोजी भइरहेको छ ।

प्रकाशित मिति : 19:31