कांग्रेस नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा सुधार
९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा सुधार अाएकाे छ । काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा शुक्रबार साँझ भर्ना भएका सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रामा कमी भएको थियो ।

शनिबार कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, नेता प्रकाशमान सिंह, दिलेन्द्र बडू, पुष्पा भुसालसहितका नेताहरू अस्पताल पुगेर सिटौलाको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । कांग्रेस नेता सिटौलालाई आइसियुमा राखेर उपचार गरिएकोमा चिकित्सकहरूले सिटौलाको स्वास्थ्यलाई लिएर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रकाशित मिति : 18:47









