३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सोनाम एकेडेमीको गर्ल्स होस्टलमा किशोरीको शंकास्पद मृत्यु, प्रिन्सिपल र होस्टल वार्डेन पक्राउ

९ चैत, काठमाडाैँ । सोनाम एकेडेमीको गर्ल्स होस्टलमा बस्ने एक किशोरीको शंकास्पद मृत्यु भएसँगै प्रिन्सिपल र होस्टल वार्डेन पक्राउ परेका छन् । ललितपुरको थेचोमा रहेको सोनाम एकेडेमीको गर्ल्स होस्टलमा बस्ने कक्षा १० मा अध्ययरत् किशोरी १५ वर्षीया मेरिका राना रहेकी छिन् ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजुका अनुसार बिहीबार दिउँसो होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा रानाको शव भेटिएको हाे । परिवारले रानाको मृत्यु नभई हत्या भएको शंका गर्दै किटानी जाहेरी दिएपछि दुई जनालाई पक्राउ गरेर सोधपुछ थालिएको खिउजुले बताए । ।  पक्राउ पर्नेमा एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशक छन् ।

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।  पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै बालिकाको मृत्युको कारण  खुल्नेछ ।

प्रारम्भिक चेकजाँचका क्रममा बालिकाको शवमा बाहिरी चोटपटक नदेखिए पनि बायाँ हातको नसा काट्न खोजेको देखिएको अनुसन्धानमा खटिएका अधिकारी बताउँछन् । प्रहरीको टोली घटनास्थलमा पुग्दा शव सलमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

प्रकाशित मिति : 17:21