७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा उल्लेख सुधार, भोलि डिस्चार्ज हुने सम्भावना

८ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । ललितपुरस्थित पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचाररत रहेका शिक्षामन्त्री पोखरेलेको स्वास्थ्यमा उल्लेख सुधार आएको निजी सचिव विनोद न्यौपानेले जानकारी दिए । फुड पोइजनको समस्याले सास्ती दिएपछि मन्त्री पोखरेल बिहीबार पाटन अस्पतालमा भर्ना भएका  थिए ।

निजी सचिव न्यौपानेका अनुसार शिक्षामन्त्री पोखरेलको उपचारमा प्रतिष्ठानका रजिष्ट्रार प्रा डा पारसकुमार अाचार्यको समूह संलग्न रहेको छ । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपरी शर्मा ओलीको जस्तै उपचारका लागि सरकारी अस्पताल रोजेको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रशंशा समेत गरेका छन ।

प्रकाशित मिति : 19:46