मिठाइ पसलमा बसेर घुस खाने वैदेशिक रोजगार विभागका नायव सुब्बा रामकुमार फुयाँल पक्राउ
८ चैत, काठमाडाैँ । वैदेशिक रोजगार विभभाग काठमाडाैँका नायव सुब्बा घुस सहित पक्राउ परेका छन । मिठाइ पसलमा बसेर घुस खाने बैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीबाट पक्राउ परेका हुन ।

काठमाडौं जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई घुस राख्न दिएर पछि गोकर्णेश्वर नगरपालिका वडा नं.-५ जोरपाटी चोक स्थित सापकोटा मिठाई भण्डारमा बसेर खड्कासँग लिन खोज्दा दुबै जना पक्राउ परेका छन ।

नायव सुब्बा फूयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज विरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेका थिए ।
प्रकाशित मिति : 11:59









