७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ, उपचारका लागि पाटन अस्पतालमा भर्ना

८ चैत, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्री गिरिराजमणि पोखरेल  अस्वस्थ्य भएका छन । अस्वस्थ भएपछि मन्त्री पोखरेल ललितपुरको पाटन अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार स्वास्थ्य जाँचका लागि पाटन अस्पताल पुगेका थिए ।

मन्त्री पोखरेलका निजी सचिव विनोद न्याैपानेका अनुसार गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि अस्पताल गएका थिए त्यसपछि चिकित्सले भर्ना हुन सल्लाह दिएपछि उनी पाटन अस्पतालमा बसेका हुन । मन्त्री पोखरेलको स्वास्थ्य अवस्था अहिले समान्य रहेको पनि न्याैपानेले जानकारी दिए ।

केहीदिन अघि सिन्धुपाल्चोकको एक कार्यक्रम सहभागी भएका पोखरेललाइ फुड प्वाइजनको समस्या देखिएको थियो । मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै अाएका छन । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले उपचारका लागि सरकारी अस्पताल नै प्रयोग गरेर अस्पतालको विश्वसनियता समेत बढाउन सहयोग पुर्याएका छन ।

प्रकाशित मिति : 09:50