१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

केरुङ– काठमाडौँ रेलमार्गको टुङ्गो लगाउन चीन जाँदै सरकारी टोली 

७ चैत, काठमाडौँ । केरुङ देखि काठमाडौंसम्मको रेलमार्ग निर्माणको टुङ्गो लगाउन सरकारी टोली चीन जानेको भएको छ । रेलमार्ग निर्माणको अन्तिम टुङ्गो लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली यही मार्चभित्रै चीन जाने भएको हो ।

मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा रेल विभागका प्रतिनिधि सहित चीन गएर रेलमार्ग निर्माणको अन्तिम टुङ्गो लगाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले जानकारी दिए ।

 

‘उत्तर दक्षिण जोड्नलाई चीन सरकारको सहयोगमा केरुङ– काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएर चीन सरकारको तर्फबाट खटिएका प्राविधिकमार्फत हाम्रो मन्त्रालयलाई प्रतिवेदन प्राप्त भएको छ’ मन्त्री महासेठले भने, ‘डिपीआरको अन्तिम रुप दिन एवं कुन मोडालिटीमा जाने भन्ने टुङ्गो लगाउनका लागि यही मार्चभित्रै सचिवको नेतृत्वमा रेल विभागका प्रतिनिधि समेत चीन मा पठाएर फाइनल कुराकानी गर्न गइरहेका छौं ।’

यसअघि केरुङ– काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनको काम सम्पन्न भएर चीन सरकारले प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । विस्तृत सम्भाव्यता अध्ययन कार्यको प्रक्रिया समेत अगाडी बढिसकेको मन्त्रालको दावी छ ।

प्रकाशित मिति : March 21, 2019 at 11:50 am