३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

आज तराईमा होली, हर्षोल्लासपूर्वक मनाइँदै

७ चैत, काठमाडौं । आज रंगहरूको पर्व फागु पूर्णिमा (होली) तराई तथा मधेसका जिल्लाहरूमा हर्साोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।


होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङग्याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ ।

प्रकाशित मिति : 08:50