काभ्रे गोलीकाण्डमा विप्लवका ४ कमाण्डर पक्राउ
६ चैत, काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) का ४ जना कमाण्डर पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिकास्थित काफ्लेडाँडामा विप्लव समूहसँग भएकाे गोली हानाहानमा ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । विप्लव समूहका मध्यकमाण्डर पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

काभ्रेमा मंगलबार राति महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाकाे टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीले जनाएकाे छ ।
गत २८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।
प्रकाशित मिति : 08:40







