७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

शरदसिंह भण्डारी राजपा अध्यक्ष मण्डलकाे संयाेजक चुनिए

६ चैत, काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकाे अध्यक्ष मण्डलकाे संयाेजकमा शरदसिंह भण्डारी चुनिएका छन् । भण्डारी प्रत्येक २ महिनामा संयाेजक फेरिने प्रावधानअनुसार संयाेजक चुनिएका हुन् ।

यसअघि राजपा अध्यक्ष मण्डलकाे संयाेजकमा नेता महेन्द्र राय यादव थिए । पार्टी गठन भएपछि लामाे समय महन्थ ठाकुर संयाेजक रहेका थिए भने उनीपश्चात् राजेन्द्र महताे साे जिम्मेवारीमा रहेका थिए।

प्रकाशित मिति : 07:55