३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

ओखलढुङ्गा सेवा समाज जापानद्वारा मृगाैला पिडितलाई आर्थिक सहयाेग

५ चैत, काठमाडाैँ । राेजगारीकाे सिलसिलामा जापानमा रहेका युवाहरुकाे सकृयतामा गठन गरिएकाे ओखलढुङ्गा सेवा समाज जापानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन्।

समाजका अध्यक्ष सन्ताेष बानियाँका अनुसार ओखलढुंगा जिल्ला सुनकोसी नगरपालिका सिस्नेरीका मृगौला पीडित भेषकुमारी थापालाई आर्थिक सहयोग गरिएको हो।सहयोगी समाजको समितिमा रहेका उपाध्यक्ष सुरेश घिमिरे,सचिब फडिन्द्र पाेखरेल र काेषाध्यक्ष बिमल कार्किकाे समेत प्रमुख सकृयतामा जापानमा राेजगारी गरिरहेका नेपालीहरुबाट ६० हजार १ सय रकम पीडितलाई हस्तान्तरण गरिएको हो।

पीडित भेषकुमारी लामो समयदेखि शिक्षण अस्पताल काठमाडौमा उपचाररत हुनुहुन्छ। अार्थिक अबस्था नाजुक भएकाे र उपचारमा समस्या परेकाे ले उपचारमा सहयाेग पुगाेस भनेर हेतुले अाफुहरुले श्रम गरेर कमाएकाे रकमकाे केहि हिस्सा सहयाेग गरेकाे अाेखलढुङ्गा सेवा समाज जापानका उपाध्यक्ष घिमिरेले जानकारी दिनु भयाे ।

संकलन गरिएकाे उक्त रकममा रुपैया ५ हजार थप गरि अाेखढुङ्गा बाट प्रतिनिधिसभामा निर्बाचित सभासद यज्ञराज सुनुवारले सहयोगीलाई स-धन्यवाद सहित पीडितलाई हस्तान्तरण गर्नु भयाे । उक्त अाेखलढुङ्गा सेवा समाज जापान ले अग्नि पिडित लगाएत अन्य क्षेत्रमा पनि सहयाेग गर्दै अाएकाे छ ।

प्रकाशित मिति : 14:27