३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

निर्मला पन्त हत्या प्रकरण : बर्खास्त भएका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर

५ चैत, कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका छन् ।

एसपी डिल्लीराज विष्ट र डिएसपी अंगुर जीसीलाई यसअघि अदालतले हाजिर हुन सूचना जारी गरेको थियो । डिल्लीराज विष्ट अदालतमा आएपनि अंगुर जीसी भने आएका छैनन् ।

तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई यसअघि अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियाे ।

प्रकाशित मिति : 11:24