३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

विप्लव नेतृत्वको नेकपाको रुपन्देहीस्थित कार्यालय ‘रातो घर’ मा प्रहरी हस्तक्षेप

४ चैत, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालय ‘रातो घर’ मा प्रहरी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले हस्तक्षेप गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालयमा लगाएको ताल्चा तोडेर पार्टीको नाम लेखिएको मुख्य ब्यानरसहितको झण्डा समेत प्रहरीले आज साँझ हटाएको हो । सो कार्यालय एक दशकदेखि तत्कालीन नेकपा ,त्यसपछि बैद्य समुह र अहिले विप्लव समुहले कब्जामा लिएको थियो ।

जनयुद्धकालमा राष्ट्रिय वाणिज्य बैंकको कार्यलय रहेको सो भवनलाई सुरुदेखिनै विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो । याे घर विप्लव नेतृत्वको पार्टीले कब्जामा लिएपछि राष्ट्रिय बाणिज्य बैंक भाडामा बस्दै आएको थियो ।

प्रकाशित मिति : 20:04