३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

धादिङमा मिनी ट्रक दुर्घटनाहुँदा एकको मृत्यु, चार घाइते

४ चैत, धादिङ । धादिङको त्रिपूरासुन्दरीमा खहरेबाट कार्कीगाउँतर्फ ढुङ्गा लोेड गरी जाँदै गरेको ग १ ख ५९५९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते बनेका छन्। स्वराज मिनी ट्रक सोमबार बिहान आफै अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका चालक भण्डारी र घाइते श्रेष्ठको काठमाडौंस्थित ट्रमा सेन्टरमा र अन्य दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ।

प्रकाशित मिति : 18:31