१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

लाल आयोगको प्रतिवेदनकाे निर्णय अध्ययनपछि मात्रै सार्वजनिक हुन्छ : उपप्रधानमन्त्री पोख्रेल

४ चैत, काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मधेश आन्दोलनको न्यायिक छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले संघीय संसद बैठक समेत अवरुद्ध पार्दै आइरहेका बेला अध्ययन गरेर मात्रै सो प्रतिवेदन सार्वजनिक गर्ने प्रष्टयाएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले संघीय संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सरकारले गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक हुने तथा सो प्रतिवेदन भने राम्ररी अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने पनि बताए । उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय जनता पार्टी, नेपालले सोही माग राखेर अव संघीय संसद बैठक अवरुद्ध नपार्ने दावी पनि गरे ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ साल असोज २ गते मधेश तथा थरुहट आन्दोलनको सम्पूर्ण घटनाबारे छानविन गर्न तत्कालीन  सर्वोच्च अदालतका पूर्वन्यायाधिश गिरिशचन्द्र लाल नतृत्वको न्यायिक छानविन आयोग गठन गरेको थियो ।

२०७४ साल माघ २९ गते आयोगले आफ्नो प्रतिवेदन देउवा नेतृत्वको सरकारलाई बुझाएपनि सरकारले त्यो प्रतिवेदन हालसम्म सार्वजनिक नगरेकोमा राष्ट्रिय जनता पार्टी नेपालको जनाउँदै सोमबार बसेको प्रतिनिधिसभाको  बैठक अवरुद्ध पारेको थियो ।

प्रकाशित मिति : March 18, 2019 at 6:27 pm