‘जनमत पार्टी’को अध्यक्ष बने सीके राउत, २४ जना केन्द्रीय समितिका सदस्यकाे (नामावलीसहित)
४ चैत, सिरहा । सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले नाम परिवर्तन गरेर ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको छ । सीके राउतलाई अध्यक्ष चयन गरिएको जनमत पार्टीमा २४ जना केन्द्रीय सदस्य रहेका छन् ।

२४ जना केन्द्रीय सदस्यहरूकाे नामः
कैलाश महतो (महोत्तरी)
राजकुमार यादव (सिरहा)
अब्दुल खान (बर्दिया)
चन्द सिंह (महोत्तरी)
बबिता इसर (सप्तरी)
कौशिला महतो (झापा)
परमेश्वर मुर्मु(मोरङ)
सीताराम पण्डित (सुनसरी)
सुरेन्द्र शर्मा (सप्तरी)
सरिता यादव (सिरहा)
इन्द्रजीत यादव (धनुषा)
सञ्जय यादव (महोत्तरी)
नरेश कुशहवा( सर्लाही)
वीरेन्द्र साह (रौतहट)
दिनेश यादव (बारा)
सञ्जय शाह (पर्सा)
धु्रव गौड (नवलपरासी)
भोपेन्द्र यादव(रुपन्देही)
हकिकुल्ला खान(कपिलबस्तु)
राधा यादव(दाङ)
इरफान अहमद शेष (बाँके)
महेन्द्र प्रसाद चौधरी (कैलाली)
दुर्गा चौहान (नवलपरासी
र आसा मेहता (सुनसरी
रहेका छन् ।
बैठकले बाँकी १० जना सदस्यमध्ये दलित जनजाती अल्पसंख्यक सहितको प्रतिनिधित्व हुनेगरी मनोनयन गर्ने जिम्मेवारी राउतलाई दिएको छ ।
यसैगरी जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको छ । पार्टीको झण्डामा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ । यस्तै चुनाव चिन्ह ‘अष्टदल’ राखिने भएको छ ।
प्रकाशित मिति : 17:12







