मन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि विकास समितिको बैठक स्थगित
४ चैत, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । बहुबर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको बैठक मन्त्री महासेठ अनुपस्थित भएपछि बस्दै नबसी स्थगित गरिएको हो ।

बैठकमा बहुवर्षीय आयोजनाको काम रोकिनुको कारणबारे जानकारी लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ र अर्थमन्त्री डा.युवराज खतिवडालाई बोलाइएको थियो । तर मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।
समितिको बैठक सोमबार दिउँसो १२ बजेका लागि बोलाइएको थियो । तर साढे १२ बजेसम्म पनि मन्त्री महासेठ बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको हाे ।
प्रकाशित मिति : 15:23







