१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

मुद्दा तामेलीमा राखीदिने भन्दै सेवाग्राहीसँग घुस खाने अख्तियारका असइ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

४ चैत, काठमाडौँ । मुद्दा तामेलीमा राखीदिने भन्दै सेवाग्राहीसँग घुस खाने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) जन्म अधिकारीविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।


अधिकारीले चन्दननाथ उच्च माविका शिक्षकसँग १ लाख रुपैयाँ घुस मागेको अडियो रेकर्ड फेला परेपछि पक्राउ परेका थिए। चन्दननाथ उच्च माविका शिक्षकविरुद्ध आयोगमा परेकाे उजुरीलाई तामेलीमा राख्न भनी उनले १४ हजार रुपैयाँ घूस रकम बुझेको आयोगको अनुसन्धानबाट खुलेको थियो।

अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराधमा १४ हजार ८ सय, तथा सोही ऐनको दफा १५ बमोजिम समेत मागदाबी गरिएको छ।

 

 

प्रकाशित मिति : March 18, 2019 at 12:24 pm