३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

त्रिवि उपकुलपति डा. खनियाँले महिला क्याम्पस प्रमुख बनाउन नमानेकोमा महिला प्राध्यापक र विद्यार्थीहरु आन्दोलीत

३ चैत्र, काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउँदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् ।

गत फागुन २७ गते उपकुलपति कार्यालयमा, २८ गते पदमकन्या क्याम्पस प्रमुख, २९ गते प्रशासन र ३० गते त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गर्दा समेत सुनुवाई नभएपछि महिला प्राध्यापक र विद्यार्थीहरुले आन्दोलन गरेकाे प्राध्यापक निर्मला उप्रेतीले बताइन् ।

आन्दोलनकारीले त्रिविका ६१ वटा आंगिक क्याम्पसमध्ये ५ वटामा मात्र महिला क्याम्पस प्रमुख रहेकाले ३३ प्रतिशत क्याम्पस प्रमुख बनाउन माग गर्दै आएका छन् ।

 

प्रकाशित मिति : 18:57