नेकपा अध्यक्ष प्रचण्ड आज पत्नीकाे उपचारका लागि अमेरिका जाँदै
३ चैत, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड आज अमेरिका जान लागेका हुन् ।

प्रचण्ड दम्पत्तिसँगै छोरी ज्वाईं गंगा र जीवन आचार्य पनि अमेरिका जान लागेकाे नीजि सचिवालयले जनाएको छ । दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छिन् ।
बिगत एक बर्षदेखि सीताको स्वस्थ्यमा पटक पटक समस्या आएको छ । गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगी उपचार गराउनु गराएका थिए ।
रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए । तर स्वाथ्यमा सुधार नभएपछि उपचारकालागि अमेरिका लैजान लागेका हुन् ।
प्रकाशित मिति : 08:25







