प्रविधि नभएको भए मेरो १२ औँ पुण्यतिथि हुन्थ्योः प्रधानमन्त्री ओली
२ चैत, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो होला ।’

प्रधानमन्त्री ओलीले सरकार प्रविधिसहितको दिगो विकास गर्न तीव्र गतिमा अघि बढको बताए । ‘सरकार तीव्र गतिमा विकास गर्न प्रयत्नशीत छ । केही वर्षअघिसम्म धेरै कुरामा समान हैसियत र क्षमता रहेको स्विजरल्याण्ड निकै अघि बढ्यो । नेपाल किन पछि परेको छ, त्यसको कारण खोजिनुपर्छ,’ उनले भने ‘अनि, समाधान र विकासतर्फ अघि बढ्नु पर्छ ।’ याे समाचार श्रीराम केसीले अन्नपूर्णमा लेखेका छन् ।
प्रकाशित मिति : March 16, 2019 at 10:17 am







